बन्द गराउँदै हिँड्ने नासपाका कार्यकर्ता पक्राउ

बन्द गराउँदै हिँडेका नागरिक समाजवादी पार्टी (नासपा)का कार्यकर्तालाई प्रहरी पक्राउ गरेको छ। राजकुमार लेखी नेतृत्वको उक्त पार्टीका कार्यकर्ताहरुले आजको घोषित तराई बन्दअन्तर्गत सिरहाको लहानमा बाटो अवरुद्ध गर्ने क्रममा पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पार्टीका प्रवक्ता राज थारु, खडगनारायण चौधरी, रामचन्द्र थारु, अनिल चौधरी, दशमीलाल चौधरी, सन्तोष चौधरी, दुर्गा थारुलगाय छन्।

 

Leave a Reply

Your email address will not be published.