मंसिर २४ गते कैलाली-कञ्चनपुर बन्दको घोषणा

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले मंसिर २४ गते कैलाली कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ। सरकारले संसोधन प्रस्तावमा कैलाली, कञ्चनपुरबारे केही उल्लेख नगरेको भन्दै बन्द गर्ने निर्णय भएको समितिका प्रवक्ता माधव थारुले जानकारी दिए। उनका अनुसार समितिले आज ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ।
प्रवक्ता थारुका अनुसार १८, १९ र २० गते आन्तरिक तयारीका लागि क्षेत्रीय भेला गर्ने र २१ गते धनगढीमा विशाल विरोध सभा आयोजना गर्ने कार्यक्रम छ।

समितिले थारु बाहुल्य रहेको कैलाली, कञ्चनपुर पाँच नम्बर प्रदेशमा जोड्न गर्दै आन्दोलन गर्दै आएको छ। ‘अखण्ड सुदूरपश्चिम हामी कुनै हालतमा मान्दैनौं। हामीलाई पाँच नम्बर प्रदेशमा नगाभेसम्म आन्दोलन रोक्नेछैनौं,’ प्रवक्ता थारुले भने।

यसअघि समितिमा आबद्ध नेताहरुले कैलाली कञ्चनपुरका लागि भूमिगत हुन तयार रहेको बताएका थिए।

कैलाली कञ्चनपुरका लागि भूमिगत हुने थारु आन्दोलनकारीको उद्‍घोष

Leave a Reply

Your email address will not be published.