गच्छदार पार्टीको युवाहरुको महाधिवेशन चैतमा हुने

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भातृसंगठन मधेसी युवा फोरमले आफ्नो राष्ट्रिय महाअधिवेशन चैत ५, ६ र ७ गते वीरगन्जमा गर्ने निर्णय पनि गरेको छ। युवा फोरमका अध्यक्ष वेदनारायण चौधरीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। महाधसवेशन सफल पार्न विभिन्न उपसमिति बनाइएको जारी विञप्तिमा उल्लेख छ।

राजधानीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सहमतिका लागि ८ प्रदेश बनाउनपर्ने माग पनि गरेको छ। जसमा नवलपरासीदेखि कञ्चनपुरसम्म पहाडि जिल्लाबाहेकको एक प्रदेश र झापादेखि सप्तरीसम्म उदयपुरसहितको अर्को प्रदेशको निर्माण हुनुपर्ने माग गरेको छ।

बैठकले स्वायत्त प्रदेश र अधिकार प्राप्तीका लागि भदौ ७ गते टीकापुरमा घटेको राजनीतिक घटनामा रहेका राजबन्दी र झुठा मुद्दा खारेजी र भएका धनजनको क्षतिपूर्ति राज्यले दिनुपर्ने माग गरेको छ।

yuwa-forum

Leave a Reply

Your email address will not be published.