दुधे बालक बोकेर कैलालीमा आन्दोलनको शंखघोष [भिडियो/फोटो फचिर]

डेढ वर्षपछि बिहीबार धनगढीको माहोल एक्कासी तातियो। गत वर्षको टीकापुर घटनापछि शिथिल बनेको धनगढीको माहोल तताउन टीकापुर घटनामा पक्राउ परेका परिवारहरु अग्रपंक्तिमा रहे। उनीहरुलाई साथ दिएका थिए- थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन। हुन त थरुहट/थारुवान संयुक्त संघर्ष समिति पनि विलिन अवस्थामा छ। तर कैलाली समिति भने अझै आफ्ना माग मुद्दामा अडिग भएर लडिरहेको छ।

भिडियो हेर्नुस्:

dhanagadhi-protest-01 झुठा मुद्दामा फसाइएका आफ्ना पति, छोरा, भाइहरुलाई रिहाईको माग गर्दै उनीहरुले जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गरे। दुधे बालकलाई पिठ्युँमा राखेर उनीहरुले आफ्ना पति रिहाई गरिदिन विलौना गरिरहेका देखिए। ‘झुठा मुद्दामा फसाइएका मेरो पतिको रिहाई तुरुन्त गर,’ विश्राम चौधरीकी पत्नी पार्वती चौधरीले नारा लगाउँदै थिइन्। दुधे बच्चालाई पिठ्युँमा बोकेर नारा लगाइरहेका उनीहरुलाई देखेर धनगढीबासी ट्वाँ परेका थिए।

dhanagadhi-protest-03कार्यक्रममा संघीइ गठबन्धन तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले कैलालीमा आन्दोलनको पुनः शंखघोष भएको बताएका छन्। थारुका माग र झुठा मुद्दामा जेल परेका थारुहरुको रिहाई नभएसम्म आन्दोलन निरन्तर चल्ने उनले बताए।

dhanagadhi-protest-07त्यस्तै संघर्ष समितिका प्रवक्ता माधव थारुले केपी ओली, पुष्पकमल दाहालको नेतृत्वमा शासक जातिहरुले आन्दोलन गर्दा अपराध नहुने तर थारुहरुले अधिकारको लागि आन्दोलन गर्दा अपराध हुने र थारुहरुलाई कारागारमा कोच्ने भन्दै आलोचना गरे। ‘यो अन्याय र अत्याचार सच्चिएन भने अब थारुहरु गम्भिर भएर सोच्नुपर्ने बेला आइसकेकाे उनले बताए।

dhanagadhi-protest-05

राजबन्दीका परिवारले धनगढीको गुरही चोकबाट सुरु गरेको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेटमा कोणसभामा रुपान्तरण भई समापन भएको थियो। उनीहरुले कात्तिक २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published.