करेन्ट लागेर कैलालीका सुनिल चौधरीको मृत्यु

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा करेन्ट लागेर कैलालीका सुनिल चौधरीको ज्यान गएको छ । कैलाली थापापुर–६ का २४ वर्षे सुनिल चौधरी आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरको निर्माणाधीन भवन छेउमा रहेको खाल्डोबाट पानी झिक्ने क्रममा चौधरीलाई करेन्ट लागेको महेन्द्रनगरका प्रहरी निरीक्षक कर्ण चन्दले बताए ।

चौधरीले मोटर चलाएको र मोटरले पानी नफालेपछि स्वीच बन्द नगरिकनै पानीमा रहेको मोटर झिक्न खोज्दा करेन्ट लागेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । करेन्ट लागेर घाइते हुनुभएका चौधरीको उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published.