लिटिल आइकनमा प्राप्ती चौधरी, भोट गर्न अपिल

नेपाल्स लिटिल आइकन २०१६ मा थारु समुदायकी प्राप्ती चौधरी छनौट भएकी छन्। विभिन्न वर्ग र उमेरका बीच सौन्दर्य र प्रतिभामुलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले विद्यार्थी बालबालिका लागि प्रतिभामुलक प्रतियोगिता आयोजना गर्दैछ। जसमा चौधरी छनौट भएकी हुन्।

आयोजक संस्थता एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि आगामी कार्तिक २७ गते शनिबार नेपाल्स लिटिल आइकन २०१६ आयोजना गर्न लागिएको बताए।

यस कार्यक्रमले विद्यालय स्तरका बालकालिकाहरुको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै अन्तिम परीक्षा पछिको बिदा र नयाँ शैक्षिक सत्र सही सदुपयोग गराउने विश्वास कार्कीले व्यक्त गरे।

विद्यालयको समय मिलाएर विभिन्न तालिम तथा प्रशिक्षण र ज्ञान प्रदान गरिने भएकाले प्रतियोगिामा सहभागी विद्यार्थीहरुको पढाई र परीक्षामा कुनै बाधा अवरोध नआउने पनि उनले प्रष्ट पारे। एएनपी मिडिया हाउसको पाँचौ संस्करणको यो कार्यक्रम राष्ट्रिय नाचघर जमलबाट काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

शम्भु प्रसाद रेग्मीको संयोजन र सरीता तामाङ्गको इभेन्ट मेनेजमेन्ट रहने प्रतियोगिताको कोरियोग्राफी र कार्यक्रम सञ्चालन अश्विनी झाले गर्नेछन् ।

भोटको अपिल

प्रप्ती चौधरीलाई जिताउन उनका हजुरबुबा रामलल चौधरीले भोटको अपिल गरेका छन्। उनले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरेका छन्। एक जनाले जतिपटक पनि भोट गर्न मिल्ने भएकाले धेरै भोट गरिदिनि चौधरीले आग्रह गरेका हुन्। प्राप्ती चौधरीलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर NLIK <SPACE> 19 टाइप गरी 35005 मा पठाउनुपर्ने हुन्छ।

त्यस्तै मिस इन्टरनेशनलमा सहभागी हुन जापानमा रहेका वर्षा लेखीले पनि प्राप्ती चौधरीलाई भोट गरिदिन आग्रह गरेकी छन्।

Leave a Reply

Your email address will not be published.