करण जौहरलाई मन पर्दैन अनुष्का

अजय देवगन अभिनीत ‘शिवाय’ र करण जौहर निर्देशित ‘ऐ दिल है मुश्किल’ एकै दिन अर्थात् २८ अक्टोबरमा प्रदर्शन हुँदै छन् । तर, फिल्म जुध्ने कुराले भन्दा अभिनेत्री अनुष्का शर्मा र करणको प्रसंगले बलिउड यति बेला गर्माएको छ । करणले सुरुमा अनुष्कालाई अभिनेत्रीका रूपमा नपत्याएको यथार्थ अहिले ‘भयानक’ समाचार बनिरहेको छ ।

कुरा के भएछ भने, सन् २००८ मा निर्देशक आदित्य चोपडाले ‘रब ने बना दी जोडी’ का लागि अभिनेत्री खोज्ने क्रममा करणलाई अनुष्काको फोटो देखाएका रहेछन् । करणले आफूलाई अनुष्का पटक्कै मन नपरेको र उनलाई कास्ट नगर्न सल्लाह दिएछन् । यद्यपि, आदित्यले शाहरुखको अपोजिटमा अनुष्कालाई नै उतारेका थिए । फिल्म बनिसक्दा पनि करणले अनुष्काको भविष्य लामो छैन बताएका रहेछन् ।

पहिलो पटक अनुष्कालाई देख्दा समेत करण खुसी थिएनन् रे । भारतीय सञ्चारमाध्यमका अनुसार विवाहको गेटअपमा रहेकी अनुष्का आफूलाई पटक्कै सुन्दर नलागेको करणले बताएका थिए । तर, ‘ब्यान्ड बाजा बारात’ पश्चात भने अनुष्कालाई देखेर करण अवाक बनेका थिए र उनीदेखि प्रभावित भएका थिए । हिजो आफूले मनै नपराएको मान्छेलाई नै करणले अहिले आफ्नो फिल्ममा मुख्य अभिनेत्री बनाएका छन् । ‘ऐ दिल है मुस्किल’ मा रणवीर कपुर, ऐश्वर्या राय बच्चन र अनुष्काको प्रमुख भूमिका छ । अनुष्काले ‘पीके’, ‘सुल्तान’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published.