रात्रि बस त्रिसुलीमा खस्दा नौ जना गम्भीर घाइते, केही बेपत्ता भएकाे अनुमान

काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उनले जानकारी दिए । 

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । मुग्लिन-नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पटकपटक सवारी दुर्घटनाका घटना भइरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published.