आइफोनलाई टक्कर दिन गुगलले ल्यायो पिक्सेल स्मार्टफोन

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ। गुगलले मंगलबार सान फ्रान्सिस्कोमा एक कार्यक्रम गरी आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा गुगलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो।

गुगलले आफ्नो पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोनले एप्पलको नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लससँग प्रितिस्पर्धा गर्ने बताएको छ।

पिक्सेल स्मार्टफोनको स्क्रिन ५ इन्चको रहेको छ भने पिक्सेल एक्सएलको स्क्रििन ५.५ इन्चको छ। उक्त स्मार्टफोनमा ४ जिबी र्याम, क्वालकोम स्न्यापड्रयान ८ सय २१ प्रोसेसर, फिङगरप्रिन्ट सेन्सर र १२ एमबीको रियर फेसिङ क्यामरा रहेको कम्पनीले जनाएको छ।

उक्त स्मार्टफोन कालो, सिल्भर र निलो गरी विभिन्न तीन रंग उपलब्ध रहेको कम्पनीले जनाएको छ । गुगलले पिक्सेल स्मार्टफोनको मूल्य ६ सय ४९ अमेरिकी डलर तथा पिक्सेल एक्सएलको मूल्य ७ सय ६९ अमेरिकी डलर रहेका जनाएको छ।

गुगलले आफ्नो स्मार्टफोनको बिक्रीका लागि मंगलबार बाटै प्रि–बुकिङ खुला गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published.