पद्मनारायण चौधरीले पौडेल गुट छाडे, बने देउवाका समर्थक

Padmanarayan Chaudharyनेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुबैले मनोनयन दर्ता गरेका हुन्। देउवाको प्रस्तावकमा फर्मुला मन्सुर समर्थकमा पद्मनारायण चौधरी छन्। चौधरी १३औं महाधिवेशनमा पौडेल कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनी पराजित पनि भए।
त्यस्तै पौडलको प्रस्तावक प्रकाशमान सिंह र समर्थक शशांक कोइराला छन्। पौडेलले पार्टीभित्र न्यायोचित जिम्मेवारी बाँडफाँडका लागि आफूले उम्मेदवारी दिएको बताए। ‘पार्टीभित्र न्यायोचित जिम्मेवारी बाँडफाँड हुनुपर्छ। लोकतन्त्र र पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ,’ मनोनयन दर्तापछि पौडेलले भने।
त्यस्तै सभापति देउवाले संविधान कार्यन्वयन र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताए।
संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म चुनाव हुने कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published.