कमैया मुक्ति अभियानता निर्मलादेवी थारुलाई अन्तर्राष्ट्रिय पुरस्कार

ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएकी छन्। चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकी हुन्।

जनही एक हजार डलर अर्थात् झन्डै रु. एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा आगामी असोज २९ मा प्रदान गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले बताए।

नेपाल र भारतका दुई दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक एक जना गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वल्र्ड समिट फाउन्डेसनले जनाएको छ।

आफूले नोमिनेसन गराएर पठाएका महिलाले पुरस्कार पाउँदा निक्कै खुसी लागेको डङ्गोलले प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published.