नेपाल-भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्पmबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राजदूत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको दावी गरे।
‘यतिबेला उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, हाम्रा भ्रमणहरु केवल शिष्टाचारको लागि मात्रै होईनन, यि भ्रमणले ठूलो उपलब्धि दिएका छन्।’ रायको तर्क थियो– ‘हाम्रो (भारतीय) विदेशमन्त्री शुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गर्नु भएको छ, नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गर्नुभयो, सायद यस्तो प्रकारको उच्चस्तीय भ्रमण विश्वमै कहीँपनि भएको छैन।’

राजदूत रायले तिहारको भाईटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने भन्दै त्यो भ्रमणले सम्बन्धमा थप आयाम दिने बताए। हाल भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रवुद्ध समूहको बैठक बसिरहेको उल्लेख गर्दै रायले अबका दिनमा दुबै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुग्नेगरि अघि बढ्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published.