थारु विद्यार्थी समाजको अध्यक्षमा चन्द्रप्रसाद चौधरी निर्वाचित (नामावलीसहित)

थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ। आइतबार अबेर रातसम्म भएको महाधिवेशनमा उनी चन्द्रप्रसाद चौधरी निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करिया प्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) उपत्यका र प्रभु चौधरी (सुनसरी) पनि निर्विरोध निर्वाचित भए।  महासचिवमा भने विकास चौधरी (बारा) निर्विरोध भए।

त्यस्तै सचिवमा रोशन चौधरी (दाङ), अजय चौधरी (सुनसरी), प्रेमा चौधरी (कैलाली) र कोषाध्यक्षमा सीताराम चौधरी (बर्दिया) पनि निर्विरोध निर्वाचित भए। चन्द्र र रमेश चौधरी पक्षबीच भएको सहमतिमा कतैबाट दाबी विरोध नआएपछि निर्वाचन मण्डलले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको थियो।

केन्द्रीय सदस्यको खुला (पुरुष)मा भने मतदान गर्नुपरेको थियो। मतदानबाट दीपक चौंधरी (कैलाली) चन्द्रप्रकाश चौधरी (सप्तरी) रिकमान चौधरी (बर्दिया) र ज्ञानेन्द्र चौधरी (दाङ) विजयी भए। चार जनाका लागि दस जनाको उम्मेदवारी परेको थियो।

त्यस्तै खुला महिलामा चार जना र ८ वटा विशेष क्षेत्र गरी छैटौं महाधिवेशनले ३३ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो।

Leave a Reply

Your email address will not be published.