टीकापुर घटनामा संलग्नलाई कारबाही हुनुपर्छ : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताएका छन्। एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताए।

उनले भने, ‘सरकारले घटनामा संलग्नलाई राजनीतिक मुद्दा भनेर छाड्यो भने दण्डहीनताले प्रश्रय पाउँछ।’

Leave a Reply

Your email address will not be published.