‘बर्दीधारीबाटै गुण्डा शैलीमा कुटिएको म अब न्याय माग्न कहाँ जाउँ?’

किशोर चौधरी

न त म अपराधी हुँ न त कुनै अपराध नै गरेँ। गरे त केवल जनतालाई सुसूचित गर्ने प्रयास। तर खै राज्यले मलाई केमा दोषी देख्यो। आइतबार दिनको ४ बजेको थियो। म नेविसंघको कार्यकर्ता र प्रहरीबीच बेलाबेलामा भैरहेको झडपको दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेको थिएँ। 

यो मेरो पेशामात्रै होइन धर्म पनि हो। हो नेविसंघको विधार्थीलाई बिनासिती बल प्रयोग गरेकै थियो, लट्ठी बजारेकै थियो प्रतिउत्तरमा उताबाट ढुंगा हानेकै हो। तर एक्कासी गुण्डाको शैलीमा चारैतिर घेरेर ममाथि लट्ठी, लात मुक्का बर्साए। यो किन भयो मलाई थाहा भएन। म राज्यसंग प्रश्न गर्न चाहन्छु- के समाचार संकलन गर्न जानु गलत थियो, बर्दी गुण्डागर्दीको लागि या देश र जनताको सेवाको लागि? कि सञ्चार क्षेत्रलाई अंकुश लगाउन खोजिएको हो?

गुण्डाको शैलीमा कुटिएको म अब न्याय माग्न कहाँ जाउँ, के अब बर्दिवाला गुण्डालाई कारबाही होला, या हामीजस्ता पत्रकारहरुले यसरी नै सधैँ दमन सहिराख्नुपर्छ?

तस्बिर : इलिट जोशी/पहिलोपोस्ट

यो पनि पढ्नुस्:

भिडियो खिचेको भन्दै पत्रकार किशोर चौधरीमाथि प्रहरीको लाठी प्रहार

Leave a Reply

Your email address will not be published.