थारु समुदायको हरेरी पूजा सम्पन्न

बर्दिया- मोतिपुर–२ लक्ष्मणपुरमा हरेरी पूजा सम्पन्न भएको छ। वर्षा सकिसकेपछि खेती हरियो होस् र कुनै किसिमका किरा फट्याङ्ग्रा, रोगहरू नलागोस् भनेर यो पूजा गरिने परम्परा रहिआएको छ। विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि कुनै किसिमको खेतीमा रोग नलाग्ने जनविश्वास छ। यो पूजामा विभिन्न किसिमका खानेकुरा भात, सागको तरकारी, मकै, मिठाइ एकैठाउँमा मोलेर ठनुवामा (थारुको देवतामा) लगेर पूजा गर्ने गरिन्छ।
यो पूजा गरिसकेपछि आजकै दिनदेखि गाउँघरमा खानपिन गर्दै नाचगान गर्ने चलन छ। योभन्दा पहिले धानको बीउ राखिसकेपछि गाउँमा कुनै किसिमका बाजा र नाचगान गरिँदैन। तर अब यस्ता मौलिक परम्परा हराउँदै गएको गुरुवा टिङ्गु थारुले बताए। रासस

Leave a Reply

Your email address will not be published.