आदिवासी जनजाति पत्रकारहरु पुरस्कृत

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विभिन्न विधाका आदिवासी जननजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । फोनिजको १७ औँ स्थापना दिवस तथा २२ औँ आदिवासी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको विषयमा विशेष योगदान पु¥याएबापत छापातर्फ मीरा राजभण्डारी र अनलाइन मिडियातर्फ ‘इन्डिजिनियस मिडिया डटकम’का पत्रकार देवकुमार सुनुवारलाई प्रदान गरियो ।

त्यसैगरी मातृभाषा पत्रकारितामा सक्रिय योगदान पुर्याएबापत ‘रेडियो सगरमाथा’का बुद्ध योञ्जन तामाङलाई पुरस्कृत गरियो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले विषयवस्तु र सहभागिताको हिसाबले सबै सञ्चारमाध्यम समावेशी हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चार क्षेत्रका विज्ञको छलफलको आधारमा मात्र पत्रकारको योग्यता परीक्षणलाई अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले सरकारले स्वीकृत गरेको राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन गरेको खण्डमा सबै सञ्चारमाध्यम समावेशी हुने बताउनुभयो । फोनिजमा ४६ जिल्ला शाखा र ४ विदेश शाखा छन् । यसैगरी आठ जातीय पत्रकार संस्था यसमा आबद्ध छन् । फोनिजमा करिब चार हजार व्यावसायिक पत्रकार आबद्ध छन् । रासस

Leave a Reply

Your email address will not be published.