फोनिजको कञ्चनपुर शाखाले मनायो स्थापना दिवस

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो।

प्रमुख अतिथि बसन्त कुमार गुरुङले नेपाल पत्रकार महासंघ, लगाएत सरकारी तथा गैर सरकारी निकाय बाट समेत आदिवासी जनजाति प्रत्रकारलाई समन्वयमा कञ्जुसाई भइरहेकोले सम्बिन्धित निकायको कार्यशैलीमा सुधार हुनु पर्ने बताएका छन् । सभाध्यक्ष हेमन्ती चौधरीले आर्थिक बजेटमा आदिवासी जनाजाति पत्रकार महासंलाई सरकारी निकाय बाट बेबास्ता भएको र आदिवासी जनजाति पत्रकारहरु लाई विभिन्न सञ्चार गृहले तबल सुविधा बाट बञ्चित  गरेकोले आदिवासी जनजाति पत्रकारहरुको  पत्रकारीता पेशामा कमि आएको बताइन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीले पत्रकार महासंघले आदिवासी पत्रकारहरु लाई महासंले विकास तथा क्रियाशिलताका लागि स्थान दिनएको र आदिवासी जनजाति पत्रकार महासंघले पनि पत्रकारीता क्षेत्रको विकासका लागि विभिन्न सरोकारबाला निकायमा समन्वय गर्नुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका उपाध्यक्ष प्रेमवति रानाले अझै पनि नेपालका संचार माध्यमले जनजातिको मुद्धा लाई ओझेलमा पार्ने गरेकोले संचार माध्यम तथा पत्रकारहरु लाई यसो नगरिदिन अनुरोध गरिन्। नागरिक समाजका अगुवा बल बहादुर डंगौराले पार्टि पिछ्छे खुलेको पत्रकार संगठनहरु पत्रकारीता पेशा भन्दा पार्टिका सिद्धान्त प्रति पत्रकारको झुकाब बढेकाले पत्रकारीता पेशा लाई मर्यादित बनाउन आग्रह गरे।

होटेल ओपेरामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संचार माध्यममा आवद्ध २० जना पत्रकारले आ–आफ्नो भनाई तथा शुभकामना मन्तव्य राखेका थिए । फोनिजमा ४६ जिल्ला शाखा, ४ विदेश शाखा रहेको छन् भने यसै गरी ८ वटा जातीय पत्रकार संस्थाहरु यसमा आवद्ध फोनिजमा करीब ४ हजार व्यावसायिक पत्रकार आवद्ध छन् ।  फोनिज कोषध्यक्ष रामचन्द्र कुश्मीले सञ्चालन गरेको उक्त कार्यक्रमको रेडियो पहिचान, शुक्लाफाँटा एफएम र रेडियो प्रभु एफएमबाट प्रत्यक्ष प्रसारण भएको थियो।

Leave a Reply

Your email address will not be published.