‘रेशम चौधरीलाई जानी जानीे फसाइयो’

नेपाल सद्भावना पार्टीका प्रवक्ता तथा कैलाली जिल्ला इन्चार्ज सन्तोष मेहताले टीकापुर घटनालाई लिएर रेशमलाल चौधरीलाई राज्यले जानी–जानी फसाएको आरोप लगाएका छन् ।

कैलालीका सञ्चारकर्मीहरुसँग अइतबार भेटघाट गर्दै उनले पार्टीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार एंव गायक चौधरीलाई राज्यसे फसाएको आरोप लगाएका हुन् । टीकापुर घटनापछि चौधरीको अवस्था निकै नाजुक भएकोले सत्य तथ्य छानविन गरी राज्यले पुनःस्थापना गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै उनले टीकापुर घटनामा संलग्न रहेको अभियोगमा दुई दर्जन सर्वसाधारणहरुलाई झुठा मुद्दा लगाउनुको साथै स्थानीय स्तरमा आतंक सिर्जना गरेकोले तत्काल भुठा मुद्धा फिर्ता लिनु पर्ने र घरबाट विस्थापित भएकाहरुलाई पुनःस्थापना गर्न पुनःस्थापनको प्याकेज ल्याउनु पर्ने उनले बताए । उसो नगरिए राज्य विरुद्ध असहयोग आन्दोलन गर्ने पनि उनको चेतावनी थियो ।

सद्भावना पार्टीको सरकारमा जाने के छ सम्भावना भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता मेहताले थरुहट÷थारुवान तथा मधेशको माग सम्बोधन नभएसम्म जाने कुनै सम्भावना नरहेको बताए ।

Leave a Reply

Your email address will not be published.