ओलीजी, कालो छाला हुने र धोती लाउने बिहारी हुन् ?

padhmaratna-tuladhar-2कालो छाला हुने र धोति लाउने बिहारी हुन् ? नयाँ शक्तिका अभियन्ता गंगानारायण श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै भने, ‘ओलिले ऐलान गरुन, के कालो छाला हुने र धोती लगाउने बिहारी हुन ?’ बिरोध सभालाई संवोधन गर्दै एमाओवादीका पूर्व केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले प्रचण्डले पहिले मधेशसँग लभ पर्यो भन्ने गरेको प्रसंग सुनाउँदै प्रश्न गरे, ‘प्रचण्ड ज्यु, अहिले कसरी तपाईको मधेशसँग ट्रेजीडी पर्यो, यसको उत्तर दिनुस् ?’

‘बन्दुकको बलले मधेशको आन्दोलन दबाउन खोजे यो देश कास्मिर र रुवान्डा बन्छ’ उनले भने, ‘प्रधानमन्त्री ज्यु, अब तपाई नै निर्णय गर्नुस् यो देशलाई कास्मिर र रुवान्डा बनाउने कि उत्पीडितलाई अधिकार दिने ?’ त्यस्तै तराई मधेश सद्भावना पार्टीकी उपाध्यक्ष रानी शर्माले अहिले नाकाबन्दी नभएको भन्दै सिमा अवरोध भएको बताइन् ।

विरोध सभामा डा. सुन्दरमणी दिक्षीत, दलमर्दन विक, कुमार लिङ्देन लगायतले तराई मधेश लगायतका आदिवासी जनजातीको माग संवोधन गर्न सरकारलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published.