दाङमा ग्वारखोलाले हाइस बगायो

दाङको ग्वारखोलाले हाइस बगाएको छ । अबिरल वर्षापछि ग्वार खोलामा आएको बाढीले यात्रुवाहक हाइस बगाएको हो ।

तुलसीपुरबाट अर्घाखाँचीका लागि छुटेको बा३ ख ४४५१ नम्वर हाइस तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत पर्ने ग्वास खोलामा बगेको थियो ।

एकाबिहानै खोलाले बस बगाएपछि ‘गुहार, गुहार’ सहितको कोलाहल सुनेपछि स्थानीयहरुले यात्रुहरुको उद्दार गरेका थिए । जसकारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.