डंगौरा थारु भाषाको ४२ वटा वर्ण पहिचान, यस्ता छन् वर्ण

सन्तोष दहित/दाङ।

डंगौरा थारु भाषाको वर्ण पहिचानको लागि घोराहीमा आयोजना गरिएको ३ दिने कार्यशालाले थारु भाषाको ४२ वटा वर्ण पहिचान गरेको छ। आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजना भएको ३ दिने कार्यशालामा डंगौरा थारु भाषाको वर्ण पहिचान गरेको हो।

कार्यशालाले ३० वटा व्यञ्जन वर्णहरु र १२ वटा स्वर्णहरु गरि ४२ वटा वर्णको पहिचान गरेको हो। व्यञ्जन  वर्णहरुमा क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ट्, ठ्, ड्, ढ्, न्, न्ह्, प्, फ्, ब्, भ्, म्, म्ह्, य्, र्, रह्, ल्, ल्ह्, व्, स्, ह्, अ रहेकाछन्। त्यसैगरि स्वर्णवर्णहरुमा अ, अँ, आ, आँ, इ, इँ, उ, उँ, ए, एँ, ओ, ओँ रहेकाछन। यसैगरि देवनागिरी लिपिका वर्णहरुलाई ञ, ण, श, ष, क्ष, त्र, ज्ञ, त, थ, द, ध प्रयोग नगर्ने र स्थान, नाम र थरलाई नेपाली लेखन अनुसार (अपवादमा) चलाउने प्रस्तावना गरिएको छ।

वर्ण पहिचानका लागि भाषा शास्त्री पदम राई, र तेजमाया राईले प्रस्तुति गर्नुभएकोथियो। यसैगरि भाषा पहिचानमा थारु सस्कृतिविद अशोक थारु, वरिष्ठ साहित्यिकार कृष्णराज सर्वहारी, सहयोग समाज नेपालका अध्यक्ष खोपिराम चौधरी, थारु भाषा विज्ञ रोहित चौधरी, पत्रकार लक्ष्मिमान चौधरी, साहित्यकार छविलाल कोपिला, लौव अग्रासनका सम्पादक सन्तोष दहित, पहुरा दैनिकका सहसम्पादक लखन चौधरी, नविस्रोत परिचानकेन्द्रका अध्यक्ष सालिकराम चौधरी, मुक्त कम्लरी विकास मञ्चकी अध्यक्ष विमला चौधरी लगायत थारु संघसस्थाका अगुवागरि १३ जनाको सहभागिता रहेको थियो।

 यसैगरि ३ दिने कार्यशाला समापन कार्यक्रमा थारु भाषालाई मानकता भाषा बनाउको लागि यो वर्ण पहिचानले ठुलो सहयोग पुर्‍याउने कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन्। कार्यक्रममा थारु समुदायका मानक भाषा नहुदा निकै समस्या झेल्नुपरिरहेको समयमा वर्ण पहिचान भएपछि केहि सहज हुने बक्ताहरुले बताएकाथिए। त्यसैगरि थारु समुदायको पहिचानलाई कायम राख्नको लागि पहिला भाषाको संरक्षण गर्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए।

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरकी सिर्जना गुरुङको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोथियो। समापन कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष एवम वरिष्ठ साहित्यिकार कृष्णराज सर्वहारी, थारु भाषा विज्ञ रोहित चाौधरी, भाषा शास्त्री पदम राई तेजमाई राई, कार्यशालामा पुरुष सहभागिको तर्फबाट  लखन चौधरी, महिला सहभागिताको तर्फबाट सरिता चौधरी लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानकी बिमला गुरुङले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published.