खुलामञ्चको रिले अन्सनमा ‘थरुहट विशेष’

सङ्घीय गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसनको आजको दिन विशेष रुपमा संगीतमय र संस्कृतिमय बन्यो । विशेषगरी थारु र तामाङ समुदायका पहिचान पक्षधर संस्कृतिप्रेमीहरुले पहिचानको र पहिचानको लागि हाल जारी भइरहेको आन्दोनको पक्षमा गीत तथा नृत्यहरु प्रस्तुत गरेर अनसनकारीहरुप्रति समर्थन र एक्यवद्धता जनाए।

आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले यो सरकारसँग नैतिकता नभएकोले यसबाट यस्ता नैतिक दबाव दिने कार्यक्रमले खासै असर नपार्ने बताए । ‘यही वीर अस्पतालमा एकजनाले अनसन बसेरै ज्यान गुमाए तर सरकारलाई गलाउन सकेन । हामी पनि यहाँ अनसन बस्नेहरु भोकले मरुन् भन्ने चाहन्छ यो सरकार । हामी भोकाएर होहइ लडेर ज्यान दिन्छौं तर पहिचानको लडाइबाट पछि हट्दैनौं,’ उनले भने ।

थारुहरुले थारु समुदायबाट गीतसंगीत तथा कविता वाचन भएको थियो। जसमा युवा नेता सिताराम थारु, युवा नेतृ इन्दु थारुले कविता सुनाएका थिए। सोमती चौधरी, रोशन रतगैया, सुनिता चौधरी र दोषहरण चौधरीले गायनमार्फत् एक्वबद्धता जनाएका थिए।

त्यस्तै स्वस्तिका चौधरी र थारु समुदायका युवाहरुले थारु नृत्य प्रस्तुत गरेका थिए। हेरौं केही तस्बिर:

Rele AnsanTharu Special 10

Rele Ansan Tharu Special 08

Rele Ansan_Tharu Special 07

Rele Ansan_Tharu Special 06

rele ansan_tharu special 05

Rele Ansan_Tharu Special 04

Rele Ansan_Tharu Special 03

Rele Ansan_Tharu Special 02Rele Ansan_Tharu Special 01

Rele Ansan Tharu Special 09

Leave a Reply

Your email address will not be published.