यस्तो अवस्थामा भेटिएकी थिइन् रामदुलारी, न्याय खोज्दै परिवार राजधानीमा

कञ्चनपुर बेदकोट नगरपालिका-१ चम्फापुरका राना परिवार बुहारी र छोरीको हत्याराको खोज्दै राजधानी आइपुगेका छन्। जेठ २२ गते मृत फेल परेकी रामदुलारी रानाको हत्यारा पक्राउ गरी कारबाही गर्न स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतका सासु, ससुरा र छोरा राजधानी आएका हुन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मृतककी सासु विटो रानाले जेठ १८ गते राति स्थानीय प्रकाश मल्ल र उनका परिवारका सदस्यहरुले बुहारी र आफूहरुमाथि आक्रमण गरेर घरबाट भाग्न बाध्य बनाएको बताए। लगत्तै जेठ २२ गते बुहारीको शव गुप्ताङ्ग र मुखमा लट्ठी कोचिएको अवस्थामा खेतमा फेला परेको बताइन्।

उनले आफूहरुले यस विषयमा स्थानीय प्रहरी चौकीमा प्रकाशसहित इन्द्रबहादुर, डम्मरा, मीना, लक्ष्मी र नवल मल्ल घटनामा संलग्न गरेको किटानी जाहेरी दिन खोज्दा लामो समयसम्म बेवास्ता गरेको र उल्टै अपमानित गरेको गुनासो गरे। लामो समयको आन्दोलनपछि जाहेरी दर्ता भएपनि आरोपितमध्येका एक प्रकाशलाई मात्रै मुद्दा चलाइएको बताइन्।

RAmdulari Piditस्थानीय प्रहरीबाट आफूहरुले घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा देखाएको लापरबाही र अन्य आरोपीलाई बचाउने खेल खेलेपछि बाध्य भएर न्यायका लागि राज्यलाई गुहार्न काठमाडौं आउनुपरेको उनले बताइन्।

प्रधानमन्त्री, गृहमन्त्री, महिला आयोग, मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइसकेका उनीहरुले आफूहरुलाई न्याय दिलाउन पहल नगरे राजधानीको सडकमै सुतेर आन्दोलनमा उत्रने चेतावनी रानाले दिइन्।

उनले आफ्नी बुहारीलाई प्रकाशले जबरजस्ती आफ्नो बनाउने प्रयास गरेको र बचाउन प्रयास गेदा मल्ल परिवारले निर्घात कुटपिट गरेपछि आफूहरु घर छाड्न बाध्य भएको  बताइन्।

Leave a Reply

Your email address will not be published.