दोरम्बा घटनामा पूर्वराजा ज्ञानेन्द्र र पूर्व प्रधानमन्त्री सूर्यबहादुरविरुद्ध उजुरी

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् ।

पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा । चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका  छन् ।

सो घटनाहुदाँ कमल थापा गृहमन्त्री, अनन्तराज शर्मा पाण्डे गृहसचिव, प्यारजंग थापा प्रधानसेनापति थिए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको समयमा राज्यपक्षद्वारा माओवादी जनसरकार प्रमसखर बाबुरमा लामासहित २२ जना माओवादी नेताकार्यकर्ताको सामूहिक हत्या गरिएको निवेदकहरुको दाबी छ ।

उक्त घटनापति माओवादी सरकारसँगको वार्ता भंग भएको थियो ।

राजधानी दैनिक

Leave a Reply

Your email address will not be published.