बाबुरामले भने- संविधान संशोधन गर्नुको विकल्प छैन

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुलुकलाई अन्र्तराष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको आरोप लगाएका छन् ।

नयाँ शक्तिका संयोजक डा. भट्टराईले बिहीबार काठमाडौंको खुलामञ्च पुगेर संघीय गठबन्धनको रिले अनसनप्रति ऐक्यबद्धता जनाउँदै ओली सरकारमाथि आन्तरिक समस्या समाधानमा गम्भिर नभएको आरोप लगाए ।

उनले अन्र्तराष्ट्रिय शक्तिहरुको हस्तक्षेप अन्त्यका लागि सरकारले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका दलका माग सम्बोधन गर्नुपर्ने उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आान्दोलनरत दलका माग सम्बोधनका लागि सीमांकन हेरफेर गरेर संविधान संशोधनको विकल्प नभएको बताए ।

संघीय गठबन्धनको आन्दोलनप्रति पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पनि ऐक्यबद्धता जनाएका छन् ।

मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेता तथा कार्यकर्ता पहिचानका आधारमा प्रदेश बनाइनुपर्ने माग पूरा गर्नका लागि दबाव दिन भन्दै तीन दिनदेखि खुुलामञ्चमा १२ घन्टे रिले अनसनमा वसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.