बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा

सरकारले बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३–०७४ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । बजेट भाषणअनुसार बर्दियामा थारु र कञ्चनपुरमा राना थारुको संग्राहलय स्थापना हुनेछन् ।

अहिले पनि तराईका थारु बाहुल्य क्षेत्रमा छिटफुटरुपमा थारु संग्राहलय स्थापना भएका छन् । पर्यटकका लागि चितवनमा थारु संग्राहलय बनाइएका छन् । नवलपरासीको डन्डामा भने थरुहट आन्दोलनका बेला थारु संग्रहालय जलाइएको थियो । जुन हालसम्म बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.