डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने घोषणा

सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिनेभएको छ । 

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्सार विन्दुमै सरकारले डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएकोे हो । यो मूल्यवृद्धिबाट सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ ।

सरकारको यो घोषणाले सबै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ मूल्यवृद्धि हुनेछ र यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने छ । संसदमा बजेट घोषणा गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यसरी संकलित रकम १ हजार २ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माण गरिने बताएका छन् ।

त्यसैगरी गोर्खाको घ्याल्चोकमा रहेको १२ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजनाको संभाव्यता अध्ययन भइसकेकेा छ । सरकारले आगामी वर्षदेखि निर्माण प्रक्रिया थाल्ने बताएको हो ।

बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना निर्माणका लागि जग्गा अधिकरणका लागि मात्रै ४३ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । सरकारले यो आयोजनाले करम खर्च गर्न सके थप रकमको पनि व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published.