धनिरामलाई अल्टिमेटम- कि आन्दोलन गर नत्र संयोजक पद छोड

थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले छलफलै नगरी मिनराज चौधरीलाई निष्काषन गरेको भन्दै थरुहट संघर्ष समितिले कडा आपत्ति जनाएको छ। नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलन परिचालन समितिले एकतर्फी रुपमा हटाएको आरोप लगाएको छ। ‘थरुहट संघर्ष समितिबाट शैलेन्द्र चौधरी र रमेश चौधरीले निष्कसनको सम्बन्धमा सहमति जनाइ हस्ताक्षर गरेका हुनाले मोर्चामा छलफल नै नगरी आफ्ना सदस्यलाई कारबाही गरेको सम्बन्धमा स्पष्टीकरण लिने र स्पष्टीकरणको आधारमा निर्णय लिँदै थरुहट थारुवान केन्द्रीय संयोजन समितिमा टुटफुट र निष्कासनको राजनीति नगर्न खबरदारी गर्ने र दबाब दिने,’ निर्णयमा भनिएको छ।
Tharu Press Note 01
त्यस्तै विगत नौं महिनादेखि थारु आन्दोलन सुस्त रहेको भन्दै नेतृत्व पंक्तिलाई अल्टिमेटमसहितको ध्यानाकर्षण जनाएको छ। आफ्नो कमीकमजोरी सच्याउँदै नलगे थरुहट आन्दोलन नयाँ शिराबाट जाने चेतावनी पनि दिएको छ। ‘केन्द्रीय आन्दोलन परिचालन समितिले आफ्नो कमी कमजोरीलाई सुधारेन भने, आन्दोलनमा सक्रिय र नतृत्वदायी भूमिका खेलेन भने थरुहट आन्दोलन नयाँ शिराबाट गर्ने,’ निर्णयमा उल्लेख छ।
Tharu Press Note 02Tharu Press Note 03
थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरी आन्दोलन परिचालन समितिमा नहुँदाहुँदै पनि किन निष्कासित गरिएकोप्रति पनि ध्यानाकर्षण जनाएको छ। ‘केन्द्रीय आन्दोलन परिचालन समितिमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु नभएको अवस्थामा पनि विधि र पक्रिया मिचेको सम्बन्धमा समिलाई ध्यानाकर्षण जनाउने’ निर्णयमा उल्लेख छ।
Tharu Press Note 04
बैठकमा युवा वर्गहरुले नेतृत्वकर्ताहरुको चर्को आलोचना गरेका थिए। आन्दोलन तुहाउन केन्द्रीय नेताहरु नै लागिपरेको भन्दै उनीहरुले त्यस्तो नगर्न चेतावनीसमेत दिएका छन्। ‘नेतृत्वकर्ताहरु नै आन्दोलन तुहाउने खेलमा लागेका छन्,’ बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम थारुले भने, ‘त्यस्ता तत्वहरुलाई बेलैमा पाखा लगाउन नसके आन्दोलन झनै कमजोर बन्दै जान्छ।’

बैठकमा केन्द्रीय संयोजक धनिराम चौधरीलाई कि त बाहिर आएर आन्दोलन गर्नुपर्ने नत्र संयोजकको जिम्मेवारी छोड्न दबाब दिनुपर्ने कुरा उठेको थारुले बताए।

Leave a Reply

Your email address will not be published.