सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा कैलालीबाट १८७ उजुरी

कैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ २५ जनाले र बेपत्ता छानबिन आयोगतर्फ आठ जना पीडितले उजुरी दिएको बताए । ती उजुरीसमेत हालसम्म आयोगमा १८७ उजुरी परेको छ ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगले स्थानीय शान्ति समितिमार्फत उजुरी सङ्कलन गरिरहेका छन् । कैलालीमा अहिलेसम्म बेपत्ता छानबिनमा ३४ र सत्य निरुपण आयोगमा १५३ उजुरी परेको छ । द्वन्द्वकालमा कैलालीबाट ३४ बेपत्ता भएको र ४ सय ५६ जनाको मृत्यु भएको स्थानीय शान्ति समितिको कार्यालय जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.