ट्रेड युनियनबारे सद्भावना-फोरम विवाद

चैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन ठाकुर, उपाध्यक्षमा मधुमाया यादव र डा. रीना यादव तथा महासचिवमा सिताशरण ठाकुर निर्वाचित भएका थिए। महासंघ पहिले मधेसी जनअधिकार फोरम नेपाल निकट रहेकोमा पछि सद्भावना पार्टी निकट हुँदा फोरम र सद्भावनाबीच विवाद बढेको हो।

महासंघका अध्यक्ष पल्टन ठाकुर नाई संघका अध्यक्ष पनि हुन्। उनी केही दिनअघिसम्म फोरम नेपाल निकट मानिन्थे। तर पछिल्लो समय फोरम नेपालले आफ्नो नामबाट मधेसी शब्द हटाएपछि ठाकुर असन्तुष्ट थिए। फोरम मधेसीभन्दा गैरमधेसीको पार्टी भएको भन्दै अध्यक्ष ठाकुर निष्त्रि्कय भएका थिए।

बिहीबार मधेसी ट्रेड युनियन महासंघले राजेन्› महतो नेतृत्वको सद्भावना पार्टी निकट भएर काम गर्ने जनाएपछि दुई दलबीच विवाद चर्कने देखिएको छ। महासंघले सद्भावना पार्टी निकट भएर काम गर्ने सर्वसम्मत निर्णय गरेको ठाकुरले दाबी गरे।

यता शुक्रबारै एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघका उपाध्यक्ष उषा तामाङले अध्यक्षसहितका नेतृत्वलाई कारबाही गरेको जनाएकी छन्। चैतमा भएको पहिलो महाधिवेशनमा तामाङलाई युनियन हितविपरीत काम गरेकाले बर्खास्त गरिएको अध्यक्ष ठाकुरले बताए। तामाङ फोरम नेपालकी सक्रिय सदस्य हुन्।

यसअघि उपेन्› यादवले मधेसी मोर्चाको बैठक नै नगरी मोर्चालाई संघीय गठबन्धनमा लगेको र स्वघोषित संयोजक बनेको भन्दै महतोले अनौपचारिक रुपमा असन्तुष्टि व्यक्त गरेका थिए।

 

Leave a Reply

Your email address will not be published.