गाडीको ठक्करबाट साइकलयात्री रोशन चौधरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सप्तरीको शम्भुनाथ नपा–७ बस्ने २० वर्षीय रोशन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि रायपुरस्थित युनिक अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.