थारु युवालाई गोपाल दहितको प्रशिक्षण- अहिले नलडे कहिले लड्ने?

थरुहट तराई पार्टी नेपालका वरिष्ठ एवं सांसद गोपाद दहितले थारु युवाहरुलाई प्रशिक्षण दिएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले थारु अत्यन्तै जटिल अवस्थामा भएको बताए। यस्तो अवस्थामा केही गर्न नसके थारुका आउँदा सन्ततीले झनै दुःख भोग्नुपर्ने उनले बताए।
Tharu Youth intraction with Gopal Dahit 04

बर्दियाली थारू विकास मञ्चले आयोजना गरेको कार्यक्रममा दहितले थारु आयोगबाहेक नयाँ संविधानको सबै कुरमा विभेद भएको बताए। ‘संविधानको उपलब्धी भनेको थारु आयोगमात्र हो। यसले थारु समुदायको कलस्टर पनि छुट्टयाएकाे छ,’ दहित भने, ‘तर यसले मात्र हाम्रो भविष्य सुनिश्चित हुँदैन।’ उनले पहिचान र अधिकारको लागि अझै धेरै लडाइँ गर्नुपर्ने आवश्यक रहेको बताए।
Tharu Youth intraction with Gopal Dahit 05

उनले थारुहरुलाई लोक सेवामा पनि विभेद् गरिएको बताए। थारु युवा, विद्यार्थीलाई डेरा-कलेजमा मात्र समिति गतिविधिको दायरा बढाउनुपर्ने सुझाव दिए। ‘थारु युवाहरुले लोकसेवा आयोग, शिक्षा सेवा आयोगलगायत राजनीतिक मुद्दा, शैक्षिक, सामाजिक मुद्दामा पनि चासो लिन जरुरी छ,’ उनले भने।
Tharu Youth intraction with Gopal Dahit 03

उनले अहिले नगरे पछि झनै पछि पर्ने हुँदा युवा वर्गले अबको नेतृत्व गर्नुपर्ने सुझाए। त्यसका लागि राजनीतिक समाजिक मुद्दामा अगुवाइ गर्नुपर्ने उनको धारणा थियो।
Tharu Youth intraction with Gopal Dahit 01

कार्यक्रम बर्दियाली थारू विकास मञ्चका अध्यक्ष सिताराम थारुको संजाेनमा भएको थियो। प्रशिंक्षण कार्यक्रममा एक सय २० जनाभन्दा बढी विद्यार्थी युवाको सहभागिता थियो।

Tharu Youth intraction with Gopal Dahit 02

Leave a Reply

Your email address will not be published.