थरुहट संघर्ष समितिको घोषित कार्यक्रममा युवा दस्ताको असहमति

tharu intraction 01

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन स्वरुप हालै घोषणा गरिएको विभिन्न कार्यक्रमहरुप्रति कडा असहमति जनाइएको छ । थरुहट आन्दोलनको दाँया हातको रुपमा रहेको थारू यूवा दस्ताले आफुलाई वेवास्ता गरिनुको साथै जिल्ला स्तरमा विना छलफल आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको भन्दै विरोध जनाएको हो ।

बाँकेमा हालै सम्पन्न थारु यूवा स्वयम सेवकको आयोजनामा “थरुहट आन्दोलनको वर्तमान अवस्था र सम्भावित निकास विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय संघर्ष समितिको उक्त निर्णय अव्यवहारिक रहेको ठोकुवा गर्दै निर्णयमा पुर्नविचार गरिनु पर्ने माग समेत गरिएको छ ।

थारू यूवा स्वयम सेवकका संयोजक महावीर चौधरीले जिल्ला स्तरमा कुनै छलफलै नगरी गरिएको निर्णय कैलाली–कञ्चनपुरसहितको जिल्लामा लागु नहुने जानकारी दिए । उनले कैलाली–कञ्चनपुरलगायत जिल्लामा केन्द्रीय संघर्ष समितिले ग्रामीण स्तरमा व्यापक छलफल गरिनु पर्ने बताए ।

tharu intraction 02

हाल आन्दोलनको रणनीतिवारे कुनै छलफलै नभएकोले केन्द्रीय समितिको निर्णयप्रति असहमति जनाएको उनको भनाई छ ।
कार्यक्रममा थरुहट संघर्ष समिति बाँकेका संयोजक फुलाराम थारुले अहिलेको आन्दोलनले थारुहरुको माग पुरा नहुने भएकोले अब सबै राजनीतिक दलका थारु नेताहरु एकजुत भई गाँउ–गाँउमा अभियान चलाउँनु पर्ने बताए ।
एमाओवादीका पूर्व सभासद पत्तु थारुले कैलालीको टीकापुरको घटनालाई राजनीतिक मुद्धा बनाउनु पर्ने भन्दै सरकारले जेलमा रहेका आन्दोलनकारीलाई नछोडेसम्म आन्दोलनको प्रक्रिया जारी राख्नु पर्नेमा जोड दिए ।

त्यस्तै, नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य लाहुराम थारुले कैलाली जिल्लामा थारुहरु माथी भैरहेको दमन र धडपकड बन्द नगरे दवाव पुर्ण आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने बताए । एमालेका बाँके जिल्ला सदस्य चन्द्र बहादुर चौधरीले थारुहरु आफ्नो मागप्रति अडिक रहनु पर्ने बताए । समाजसेबी सिताराम थारुले अव हामी थारुहरु आफ्नो जाती र समाजको लागि पार्टी भन्दामाथि उठ्नु पर्ने भनाई राखे ।

Leave a Reply

Your email address will not be published.