घुम्नैपर्ने चार थारु होमस्टे

Amaltari_Tharu Homestay 05अमलटारी
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ नवलपरासीको अमलटारी। ०७० जेठ ५ देखि बाघखोरमा होमस्टे सुरु गरिएको। जहाँ थारूका २० र बोटेको २ गरी २२ घरमा होमस्टे सुविधा छ। भिटोफको सिफारिसमा सरकारले ०७२ असोज १० गते अमलटारीलाई गाउँ पर्यटन गन्तव्य ०७२ घोषणा गरेको थियो।

कावासोती नगरपालिका–१५ अमलटारीमा थारू, बोटे र मुसहर जातिको बसोबास छ। गाउँमा थारूका ५८, बोटेका ६५ र मुसहरका ७१ घर छन्। होमस्टे सुविधा भएका घरमा पाहुनाका लागि दुई कोठे भवन बनाइएको छ।

प्याकेजमा स्वागत, सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, बर्ड वाचिङ र खाना तथा बास हुन्छ।

कसरी पुग्ने : काठमाडौं–अमलटारी १८५ किमि। काठमाडौंबाट लुम्बिनी जाने बसमा कावासोती पर्तिर डन्डा बजारसम्म जाने। डन्डाबाट ६ किमिमा अमलटारी। बजारमा लोकल बस पाइन्छ। त्यसले ४० मिनेटमा थारू भिलेज चोक पुर्याउँछ।

सम्पर्क : प्रेमशंकर मर्दनिया चौधरी–९८१६४५२९२५

vada-3

भादा गाउँ
कैलालीको भादा गाउँमा थारू होमस्टे छ। थारूको खानपिन, जीवनशैली, संस्कृति हेर्न पर्यटक आउँछन्। उर्मा गाविस–८ भादामा १८६ घर छन्। १९ घरमा पाहुना राखिन्छ। ०६७ पुसदेखि होमस्टे चलाइएको हो।

पाहुनालाई थारु परिकार चिँचर, लोकल कुखुरा, माछा र रक्सी आदि खुवाइन्छ। साँझ सखिया, हुर्दङवा, झुमरा र मघौटा, लट्ठी नाच देखाइन्छ। लहरुमा गाउँ डुल्न सकिन्छ। भादाबाट ५ किमि दुरीमा बेहडाबाबा मन्दिर छ। गाउँबाट लिन र पुर्यानउन धनगढी, झिल र राजीपुरसम्म लहरु (गोरु गाडा) आउँछन्।

सस्तो छ प्याकेज। १ रातको ६ सय रुपैयाँ। यति रकमले बास, लन्च, डिनर र ब्रेकफास्ट पाइन्छ। साँस्कृतिक कार्यक्रम हेर्न छुट्टै तिर्नु पर्छ।

कसरी पुग्ने : काठमाडौं–धनगढी ६७५ किमि। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिलबाट १२ किमि पर्छ।

सम्पर्क : लक्ष्मीनारायण चौधरी–९७४९०२८००४

Rana Tharu Girl 01शुक्लाफाँटा
कञ्चनपुरको शुक्लाफाँटा बाह्रसिंगाका लागि प्रख्यात छ। त्यहाँ २२ सय बाह्रसिंगा छन्। फाँटामा घाँसका मुना खान आएका बाह्रसिंगाको झुण्ड रहरलाग्दो देखिन्छ। शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेशद्वारबाट २४ किमि टाढामा पर्छ त्यो फाँटा। फागुनदेखि जेठसम्म शुक्लाफाँटा घुम्ने राम्रो सिजन।

फाँटामा थरीथरीका चरा, चित्तल, पाटेबाघ, गैंडा र जंगली हात्ती लगायतका जनावर बस्छन्। आरक्षको हिरापुर फाँटामा कृष्णसार छन्। आरक्षमा जिप ड्राइभ, हात्ती सफारी र जंगल वाक गर्ने सुविधा छ। हात्ती चढ्न पाइन्छ।

शुक्लाफाँटा बाहिर १४ सय मिटर लामो महाकाली झोलुङ पुल छ। सेरोफेरोमा सिद्धबाबा मन्दिर, झिलमिला ताल, बेतकोट ताल, टनकपुर बाँध र महाकाली नदी घुम्न सकिन्छ।

शुक्लाफाँटा नजिकै नयाँ बस्तीमा राना थारू सामुदायिक होमस्टे सञ्चालनमा आएको छ। ०७२ मंसिर देखि ९ घरमा होमस्टे सञ्चालित छ। एक रात सुतेको तीन सय रुपैयाँ र दालभातको सय रुपैयाँ पर्छ। राना थारू संस्कृति देखाइन्छ।

कसरी पुग्ने : काठमाडौं–महेन्द्रनगर–सात सय किमि। साँझ काठमाडौंबाट महेन्द्रनगर जाने बस छुट्छन्। महेन्द्रनगर–शुक्लाफाँटा ६ किमि।

सम्पर्क : चेतराम राना–९८४८७०५४४७

Prince Harry in Bardiya 05

डल्ला
बर्दिया राष्ट्रिय निकञ्जको मध्यवर्ती क्षेत्र डल्लामा होमस्टे सुविधा छ। सूर्यपटुवा–४ डल्लाका २२ थारू घरमा। १ घर कुमालको हो भने बाँकी थारूका। साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य।

शिव सामुदायिक वनका उपभोक्ताले संरक्षणसँगै पर्यटनबाट आम्दानी लिन ०६७ फागुनबाट होमस्टे चलाइएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको सन् २०१२ को तथ्याङक भन्छ, बर्दियामा ५० बयस्क बाघ र २९ गैंडा छन्। होमस्टेमा बसेर सामुदायिक वनमा सफारी गर्दा गैंडा लगायत जनावर देखिन्छ। निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन, थारु संग्रहालय र ठाकुरबाबा मन्दिर छन्।

१३ सय रुपैयाँको प्याकेजमा डिनर, ब्रेकफास्ट, बास र स्वागत सुविधा हुन्छ। दालभात, तरकारी, अचारदेखि थारू खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ।

कसरी पुग्ने : काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा। ठाकुरद्वारा–डल्ला ५ किमि। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर।

सम्पर्क : परशुराम चौधरी –९८४४८२३३०८

Leave a Reply

Your email address will not be published.