थारु समुदायको रोचक परम्परा : गाउँभरीको भन्सा एकै ठाउँमा

tharu cultureकैलालीको एक सय भन्दा वढी घरधुरी रहेका एक गाउँका स्थानीयहरुले एकै ठाउँमा भन्सा बनाई संगै खानपान गरेका छन् ।जिल्लाको उदासीपुर–१ नुक्लीपुरका स्थानीयहरुले एउटै स्थानमा भन्सा बनाई सामूहिक खानपान गरी विभिन्न कार्यक्रम गरी रमाएका छन् । तर यो भन्सा सधैंका लागि नभई एक पर्वको अवसरमा एकै स्थानमा भन्सा बनाई सामूहिक खानपान गरेका हुन् । थारू समुदायको बाहुल्यता रहेको उक्त गाउँका स्थानीयहरुले ‘बरका भजहर’ पर्वको अवसरमा गाउँभन्दा पर एउटै ठाउँमा भन्सा बनाई हषोल्लासपूर्वक पर्व मनाएको गाउँका भलमन्सा भागीराम चौधरीले जानकारी दिए । उनले भजहर पर्व मनाउँने प्रचलन अनुसार नै एकै स्थानमा भन्सा निर्माण गरेको बताए ।

गाउँका गुरुवा (वैद्य) प्रदेश चौधरीले गाउँघरमा चैत्र,बैशाख र कार्तिक महिनामा मनाउँने प्रचलन रहेको बताउँदै दुई चोटी बरका भजहर र चैत्र महिनामा चिरै भजहर मनाउँदै आएको जनाए । भजहर मनाउँदा गाउँबाट रोगव्याधि हट्ने, बालीनाली सप्रिने जनविश्वास पनि रहदै आएको छ ।

यसैबीच गाउँलेहरुले खाना पकाईसकेपछि प्रत्येक भन्सा अलिअलि भात र तरकारी संकलन गरी देवताको पूजा समेत गरेका थिए । त्यसपछि मात्रै उनीहरुले सामूहिक भोजन गरेका हुन् । यसरी एउटै स्थानमा भन्सा बनाई सामूहिक खानपानले अलग्गै रौनकता छाँएको गाउँका केसौका (सहायक वैद्य) को भनाई छ ।

Leave a Reply

Your email address will not be published.