एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता आवश्यक भएको बताएका छन्। शुक्रबारदेखि दाङको तुलसीपुरमा सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक भएकाले त्यसको नेतृत्व एमाओवादीले गर्ने बताए।
राजनीतिक दलहरुको एकताकै कारण संविधान निर्माण भएको भन्दै अध्यक्ष दाहालले कार्यान्वयनका लागि पनि दलिय एकता आवस्यक भएको बताए। वर्तमान संविधान हालसम्मकै उत्कृष्ट भएको भन्दै यसलाई कार्यान्वयन गर्नु चुनौति भएको बताए। ‘हामीले हालसम्मकै उत्कृष्ट संविधान बनाएको छौं। संविधानले सम्पूर्ण जाति, समुदायलाई अधिकार सम्पन्न बनाउने छ। तर, यसको कार्यान्वयनमा चुनौति छ’, अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय एकता विना संविधान कार्यान्वयन हुँदैन।’
संविधान अपरिवर्तनीय भएको भन्दै यसलाई तेस्रो पटक संशोधन गर्ने तयारी भइरहेको बताए। देशमा देखिएको समस्या समाधानका लागि मेधेसी दलहरुसँग निरन्तर सम्पर्कमा रहेको र छिट्टै वार्तामा बसेर टुङ्गोमा पुर्याउने उनले बताए। राजनीतिक रुपमा उपलब्धीहरु हासिल भए पनि जनताका आवश्यकताहरु अझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्तिहरु गोलबन्द हुनुपर्ने आवश्यकता औंल्याए।
क्रान्तिको नेतृत्व गरेको माओवादी शक्ति विभाजित हुँदा सबैको चित्त दुखेको प्रसंग कोट्याउँदै प्रचण्डले सबै माओवादी शक्तिहरु एक ठाउँमा आउन जरुरी भएको धारणा व्यक्त गरे। केही नेताहरु पार्टीबाट बाहिरिँदा पार्टी कमजोर भएको जस्तो देखिएको उहाँले बताए। ‘बिरामी हुँदा उपचार गर्ने डाक्टर र वैद्य अहिले हाम्रो पार्टीभित्र हुनुहुन्छ, यसले मनोवैज्ञानिक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ’, प्रचण्डले भने, ‘संगठनका हिसावले माओवादी कमजोर भए पनि नेतृत्व र ऐजेण्डाको आधारमा माओवादी एक नम्वरको पार्टी हो।’ दुई वर्षभित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्वरको बनाउँ सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ थियो।
सत्ता साझेदार दल हुँदाहुँदै पनि एमाओवादीलाई सरकारका सबै कामकारबाही चित्त बुझ्दो नभएको भन्दै उनले भूकम्पपछिको देशको पूनर्निर्माणलगायतका विकासमा गति बढाउन सरकारलाई सुझाव दिएको बताए। संविधानविरोधी तत्वहरुले कार्यान्वयन हुन नदिन लागि परेको भन्दै संविधानमा समेटिएका हकअधिकार समेट्नका लागि आन्दोलन गर्न सबै लाग्नुपर्ने बताए।
अध्यक्ष दाहालले मेधेसी दलहरुलाई इङ्गित गर्दै विगतमा थारु समुदायलाई तरवार, भाला, खुँडा लिएर उठ भन्नेहरु नै संविधानविरोधी भएको भन्दै अहिलेको संविधानले थारुको पहिचान दिएको र अधिकार स्थापितका लागि संवैधनिक आयोग समेत गठन भएकाले अर्काको बहकाउमा नलाग्न थारु समुदायलाई अपिल गरे। अहिलेको संविधानले केही दिएन भन्नु घुमाएर जनताको आँखामा छारो हाल्नु र घुमाइफिराई पुरानै राजामहाराजालाई फर्काउनुभएको बताए। संविधान परिवर्तनशिल र गतिशिल भएको भन्दै उनले अहिलेको संविधानले केहि पनि दिएन भन्नु र पूर्ण छ भन्नु अतिवादी र मनोगत धाराणा मात्र हुने बताए।
त्यर्सैगरी कार्यक्रममा एमाओवादी केन्द्रिय सचिव वर्षमान पुनले अहिलेको संविधानले काठमाडौं र सिहंदरबारको शासन सत्तालाई प्रदेशमा पुर्याएको भन्दै ऐतिहासिक उपलब्धी भएको बताए। अहिले नेपाली जनता राज्यको पहुँचमा पुगेको समेत उनले दाबी गरे। शुक्रबारबाट सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलन आजसम्म चल्नेछ।
प्रचन्ड बाजेको दही च्युरे गफ हो संबिधान उत्कृष्ट भएको कुरा किन कि थारु ले किन यो संबिधानमा अपनत्व लिन नमानेको भनी कारण कहिले खोज्ने ? कता को बोली कता जोडी प्रचन्ड ले भुलाउदै छ । उनिहरुले आफु र पराई किता काट गरिसके । यो राज्य मा थारु सुरक्षित छैन है भन्दा सम्प्रदायिक हुने कहाँ को लोकतान्त्रिक मुल्य र मान्यता हो ? अब त सत्य कुरो खोल न हौ ? तिमीलाई नै शान्ती मिल्ला ।
My strong advice will be to not trust his one word. This Prachand does not have any morality, he is just like another Bahunbad politician to deceive Tharu people fool again. Tharu people should look back in history and see who are the real exploiter of Tharu people.
प्रचण्डले थारुको मुद्दा यो संबिधानमा स्थापित भएको भनेर भनेछ । स्थापित भएको भए थारुहरुले किन आन्दोलन गरिरहेका छन् ? टिकापुर घटना पश्चात थारुहरु माथि ब्यापक दमन भै रहेको छ । खोइ प्रचण्डको पार्टीले एक शब्द बोलेको ? वास्तवमा थारुहरुको सिमाना मिच्ने यो प्रचण्ड पनि हो ।
tharu haru sangathit bhai aandolan garana jaruri chha kasaiko chiplo kutil bhanai lai biswas nagarnus, feri dhoka khanu hola. tharuharuko pahichan ra adhikar esthapit bhai sakeko chha bhanera bhram ma parera nabasnus