प्रचण्डले मधेससँग लभ परेको भनेर ओलीसँग बिहे गर्नुभोः बाबुराम भट्टराई

Baburam bhattaraiनयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डमाथि मधेसलाई धोका दिएको आरोप लगाएका छन् । नयाँ शक्ति नेपालको मधेस जागरण अभियान अन्तर्गत गौरमा आयोजित कार्यक्रममा एमाओवादीका पूर्व नेता समेत रहेका भट्टराईले भने, ‘प्रचण्डजीले मधेससँग मेरो लभ परेको छ त भन्नु भो । तर, विवाह भने ओलीजी सँग नै गर्नु भो ।’

प्रचण्डसँग आफूले ४० वर्ष काम गर्दा पनि उनको व्यवहार स्वार्थी भएकोले छोडेर बाहिरिनु परेको उनले बताए । प्रचण्डको भनाइ र व्यवहारमा निकै फरक रहेको भन्दै नेता भट्टराईले भने, ‘प्रचण्डले स्वार्थपूर्तिका लागि कांग्रेस एमालेसँग गठवन्धन गर्ने सोच बनाएका कारण पनि सँगै बस्न सकिएन ।’

मधेसका पक्षमा आवाज उठाउँदा धेरैले आफूलाई भारतीयको ईशारामा चलेको आरोप लगाउने गरेको समेत उनले बताए । संविधान जारी हुँदा नै आफूले संविधान आधा भरिएको र आधा खाली गिलास जस्तो भएकोस्मरण गर्दै डा. भट्टराईले भने, ‘७५ वर्ष पछि लडेर ल्याएको सँविधान पनि सबैको साझा हुन सकेन ।’

Leave a Reply

Your email address will not be published.