नयाँ संविधानको धारा २८२ उल्लंघन गर्दै २१ राजदूत सिफारिस, थारु परेनन्

नेपालको नयाँ संविधानको धारा २८२ लाई उल्लंघन गर्दै मन्त्रिपरिषद्ले २१ राष्ट्रका लागि राजदूत सिफारिस गरेको छ।संविधानमा समावेशी सिद्धान्तको आधारमा राजदूत नियुक्ती गर्नु पर्ने व्यवस्था छ। तर संविधान कार्यान्वयनका लागि हुनुपर्ने सरकार स्वयम् संविधान मिच्न थालेका छन्।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न २१ देशका लागि राजदूत सिफारिस गरेको छ जसमा एक जना मुस्लिमबाहेक मधेसी थारुलगायतका समुदायबाट प्रतिनिधित्व छैन।

सिफारिस गरिका मध्ये १७ जना एउटै समुदायका व्यक्तिहरु परेका छन्। राजदूतको सिफारिसले संविधानको खिल्ली सरकारले नै उडाएको अधिवक्ता दिपेन्द्र झाले बताए। उनले भने, ‘सरकारले संविधानको खिल्ली उडाएको छ। धारा २८२ को सरकार उल्लंघन हो यो। भोलि यसका विरुद्ध अदालत जानुपर्ने हुन्छ।’

Sambidhan_282

को को सिफारिस भए?
खगेन्द्र बस्नेत- बंगलादेश

खड्ग केसी- जापान

दुवसु क्षेत्री- बेलायल

नारद भारद्वज –श्रीलङका

तारा प्रसाद पोखरेल- ब्राजिल

रमेश खनाल- जर्मनी

झपेन्द्र अर्याल- इजिप्ट

पदम सुन्दास- बहराइन

अली अकबर मिकरानी- साउदी अरेवीया

महेन्द्र सिंह- कतार

भरतबहादुर रायमाझी- यूएयी

लक्की शेर्पा –अष्ट्रेलिया

सेवा अधिकारी- पाकिस्तान

युवराज कार्की- दक्षिण कोरिया

निरञ्जन थापा- रसिया

युवनाथ लम्साल- डेनमार्क

प्रकाश सुवेदी- अष्ट्रिया

लोकबहादुर थापा- बेल्जिम

ऋषी घिमिरे- म्यानमार

शिवमायाँ तुम्वाहाम्फे- इजरायल

महेन्द्र बहादुर- पाण्डे चीन

Leave a Reply

Your email address will not be published.