शब्द/तस्बिर : अविनाश चौधरी।
कैलालीको थारु महिलाले धनगढीमा चिरै भजहर पर्व मनाएका छन्। सखी सञ्जाल कैलालीको आयोजनामा भजहर पर्व मनाइएको हो। थारु महिलाले स्वतन्त्रताको रुपमा यो पर्व मनाउने गरेका छन्। यस पर्वमा महिलाहरु आफू चराजस्तै स्वतन्त्र मानेर रमाउने गरेको सखी सञ्जालका जिल्ला अध्यक्ष इन्दु चौधरीले बताइन्। उनका अनुसार यो पर्वका क्रममा महिला तथा युवतीहरुले आफू स्वतन्त्र भएर रमाउने गर्छन्।
भजहर पर्वमा मिठो परिकार खाने, बाटो छेकेर स्वैच्छिक चन्दा सङ्कलन गर्ने चलन रहेको छ। यो पर्वमा कोइली दिदी, तारा चिरउवर, उक्रुङ्ग ढुक्रुङ्ग जस्ता पौराणिक खेल खेल्ने गरिन्छ। त्यस्तै, नाचगान गर्दै रमाउने समेत गरिन्छ।
चिरै भजहर पर्व मनाएमा गाउँघरबाट रोगव्याधी हट्ने जनविश्वास रहेको छ। परापूर्वकालमा थारु समुदायमा देखिएको दादुरा र औलो रोग हटाउनका लागि यो पर्व मनाउन सुरु गरिएको किंबदन्ती रहेको स्थानीय दुर्गा कुश्मीले बताइन्। उनले भनिन्, ‘चिरै भजहर पर्व मनाएमा यस्ता रोग नलाग्ने जनविश्वास रहेको छ।’
गाउँघरमा सुख, शान्ति प्राप्तीका लागि पहिल्यैदेखि नै भजहर पर्व मनाउने चलन रहेको दुर्गा महतोले बताइन्। उनले यो पर्व मनाएमा कृषिबाली सप्रिने विश्वास समेत गर्दै आएको बताइन्।
थारु समुदायको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत दुई वर्षदेखि युवापिढीले यो पर्व धनगढीमा मनाउने गरेको सखी सञ्जालका अध्यक्ष चौधरीको भनाइ छ। उनले यसवर्ष पनि युवा पिढीले नै जुर्मुराएर गाउँघरमा मनाउँदै आएको पर्वलाई धनगढीमा मनाएको बताइन्।
लखन चौधरीका तस्बिर हेर्नुस्.
थारून के रिती रिवाज, भेस्, भुसा अस्तही के जोगाइटि रही
Ma tyaha live nahere pani ekdum tyehi vayeko anuvab vairaxa thnx to tharuwan.com
bahut man paral hamar tharu calture agami din ma fe astahak karti jaibi kana aasha ma o karti rahab kana biwasa ba hamar puran saskriti jogai parla esthi aail ba apan saskrti apan vesbhusa apan lawai khawai bachai parna ho ( jay tharuwan )
थारु महिलाहरुको स्वतन्त्रताको प्रतिक मानिने चिरैं/चरैं पर्बको राम्रा फोटाहरु पठाई सहयोग गर्ने पत्रकार अबिनाश चौधरी र लखन चौधरी र सो को समाचार राखी सबैमाझ पुर्याउने मदन चौधरी भाईलाई धेरै धेरै धन्यबाद छ । आउँदो बर्ष सबैको चिरैं/चरैं पर्बमा उपस्थिति होस् ।