थारु साहित्यिक मेलामा प्रश्न- थारु भाषलाई सरकारी कामकाजी बनाउन सकिँदैन ?

Tharu Literature Festivel dang 10

सन्तोष दहित
थारु भाषा, कला, सस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थारु साहित्यिक मेला २०७३’ १४ बुँदे घोषापत्र जारी गर्दै शनिबार राजपुरमा सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको थारु साहित्यिक मेलामा ९ जिल्लाका थारु साहित्यिनुरागीहरुको सहभागिता थियो।

सोही मेलाबाट सबैको सर्वसहमतिमा १४ बुँदे घोषणा पत्र जारी गरिएको मेला आयोजक समितिका सदस्य केबी चौधरीले जानकारी दिनुभएको छ । उहाँको अनुसार थारु मानक भाषा बनाउनका लागी सबै भाषा प्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकताबद्ध भएर काम गर्ने, थारु मातृभाषमा शिक्षाका लागी बिद्यमान संबैधानिक र कानुनी प्राबधानको व्यबहारिक कार्यान्वयनका लागी दबाब दिने, थारु भाषा र साहित्यको बिकास तथा स्थानिय श्रोत परिचालन र पहुँचका लागी प्रयास गर्ने रहेका छन्।

Tharu Literature Festivel dang 09

यसैगरी थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्न जोडदार माग गर्ने, थारु भाषीहरु आफैँ पनि सरकारी निबेदन तथा लिखत थारु भाषामै लेखाउन कोसिस गर्ने, भाषा साहित्यको बिकासका लागी गठित सरकारी निकायहरुमा पुर्ण समानुपातिक समावेशी प्रतिनिधीत्वका लागी जोडदार माग गर्ने, थारु भाषाको बिकासका लागी आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने-छपाउने कामलाई महत्वका साथ व्यावहारमा लागु गर्ने, थारु समुदायमा रहेको कथा बाचन शैलीमा लोक साहित्य सुनाउने अभ्यासलाई नविकरण गर्दैै निरन्तरता दिने घोषणा पत्रका उल्लेख गरिएको छ।

त्यसैगरी थारु भाषामा रहेको मटाँवा, भलमन्सा, बरघर संगठनको माध्यमबाट थारु भाषिक मानकता बनाउने र साहित्य संस्कृतिको बिकासको लागी अभियान चलाउने, थारु भाषिक मानकता लेखनका लागी गोष्ठी, कार्यशाला, बैठक आदि गर्ने, आम सञ्चार माध्यमबाट थारु साहित्यको प्रकाशन र प्रशारण गर्ने , थारुभाषी पत्रकाहरुलाई मानक भाषा लेखन सिप बिकास तालीम दिने, थारु साहित्यमा समालोचना आख्यान बिधा कमजोर रहेकोले आगामी दिनमा लेखक, पत्रकार, साहित्यकारहरु यस क्षेत्रमा कलम चलाउने, थारु भाषा साहित्य संरक्षण र बिकासका लागी साझा प्रयास गर्न थारु लेखक संघ गठन गरेर अघि बढ्ने, थारु साहित्यिक मेला हरेक बर्ष आयोजना गरेर थारु साहित्यको बिकासको लागी अघि बढ्ने लगायत घोषणा पत्रमा उल्लेख गरिएको चौधरीले जानकारी दिनुभयो ।

Tharu Literature Festivel dang 06

यसैबीच साहित्यिक मेलाबाट साहित्यकार कृष्णराज सर्वहारीको संयोजकत्वमा १३ सदस्यीय थारु लेखक संघ गठन गरिएको छ । जसको सदस्यमा दांग, बांके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलरासी, रुपेन्देही र चितवनका साहित्यिनुरागिहरुलाई सदस्यको रुपमा राख्ने निर्णय गरिएको छ । यसैगरी संघको सल्लाकारमा पुर्वमन्त्री एवम वरिष्ठ साहित्यिकार महेश चौधरीलाई सल्लाहकारमा राखिएको साहित्यिक मेला स्थानिय व्यवस्थापनका सदस्य माधब चौधरीले जानकारी दिनुभएको छ ।
यसैबीच नेपालमा पहिल पटक आयोजना गरिएको दुइदिने थारु साहित्यक मेलालाई भब्य र सभ्य बनाउको लागि सहयोग गरेकोमा प्रज्ञा प्रतिष्ठान, जिल्ला विकास समिति, स्थानिय संघसस्था, पत्रकार लगायत सवैलाई धन्यवाद दिइएको छ । मेला समापन लगत्तै मेला आयोजक मुल समिति बसेको समिक्षा बैठकमा मेला एैतिहासिक र उपलब्धी मुलक भएको दाबी गरेको छ । साहित्यिक मेला पहिलो पटक आयोजना गरेको मेला सोचेको भन्दा दोब्बर राम्रो भएको मेला मुल आयोजक समितिका संयोजक कृष्णराज सर्वहारीले जानकारी दिनुभयो ।

Tharu Literature Festivel dang 07

दुईदिनसम्म चलेको साहित्यिक मेलाको उदघाटन दांगको सदरमुकाम घोराहीमा गरिएकोथियो भने बृहत छलफल तथा साहित्यिक गोष्ठी सौडियार ५, राजपुर गाउँमा गरिएकोथियो । मेलामा ६ वटा कार्यपत्रपनि प्रस्तुति गरिएकोथियो । मेलामा थारु भाषाको मानकताको सवाल विषयमा सुशिल चौधरी, थारु साहित्यको कविताको अबस्था विषयमा छविलाल कोपिला, थारु साहित्यमा कैलालीको भुमिका र थारु साहित्यमा आख्यानको अबस्था बिषयमा कृष्णराज सर्वहारी, थारु साहित्यमा दाङको योगदान विषयमा केवि चौधरी र जङग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान बिषयमा सोम डेमनडौराले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा साहित्यकारहरु एकराज चौधरी, टीकाराम उदासी, सागर कुश्मी, सुशिल चौधरी, माधब चौधरी र कुमार अभागी चौधरीले टीप्पणी गर्नुभएको थियो ।

Tharu Literature Festivel dang 08

यसैबीच सहित्यिक मेलामा हालसम्म प्रकाशनमा आएका विभिन्न थारु भाषा का पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी तथा विक्रिवितारणको लागि राखिएको थियो ।

थारु भाषा, साहित्यिक संरक्षण मञ्च हर्चाली समुह दांगको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक, नविस्रोत परिचालन केन्द्र, सहयोग समाज नेपाल लगायत संघसस्थाको सहआयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठान र जिल्ला विकास समिति दांगको आर्थिक सहयोगमा मेला आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.