दानी रिहाना

आर एन्ड बी गायिका रिहानाले आफू ग्ल्यामरसमात्र नभएर उदारसमेत भएको हालै प्रमाणित गरेकी छिन्। बाजान पप गायिकाले भर्खरैमात्र बार्बाडोसको एक अस्पताललाई १७ लाख ५० हजार अमेरिकी डलर दान दिएकी छिन्। यसै वर्ष जुनमा बितेकी हजुरआमा क्लारा ब्रेथवेटको सम्झनामा उनले अस्पताललाई दान दिएकी हुन्। उनको दानबाट अस्पतालले क्यान्सर उपचारका लागि आवश्यक उपकरण किन्नेछ। ब्रिज टाउनस्थित क्विन एलिजाबेथ हस्पिटलले उनकी हजुरआमाको सम्मानमा उपचार विभागको नाम नै क्लारा बे्रथवेट सेन्टर फर अन्कोलोजी एन्ड न्युक्लियर मेडिसन राखेको छ। हजुरआमालाई माया गर्ने बार्बाडोस मूलकी उनले जन्मथलोको ऋण तिरेको बताइन्।

Leave a Reply

Your email address will not be published.