एमालेले तोक्यो प्रादेशिक राजधानी, दाङ, सुर्खेत र अत्तरीयालाई प्रस्ताव

Uml

सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेस भएको छ। हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन।

परिषदका अध्यक्ष केशव बडालले सो प्रस्ताव शुक्रबारको बैठकमा पेस गरेका थिए। उनको प्रस्तावमा क्षेत्र नम्बर २ मा ढल्केवरलाई राजधानी बनाउन सुझाव दिइएको छ।

हालसम्म सो प्रदेशका सम्भावित राजधानीका रुपमा वीरगञ्ज र जनकपुर चर्चामा छन्। जनकपुरभन्दा पश्चिममा पर्ने ढल्केवरमा राजधानीको माग थिएन।

यसैगरी क्षेत्र नम्बर १ मा बिराटनगर, ३ मा भक्तपुर, ४ मा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा अत्तरीयालाई राजधानी बनाउन प्रस्ताव गरिएको छ। एमाले सचिव योगश भट्टराई पार्टीमा प्रदेशको राजधानीका लागि प्रस्ताव आएको तर, छलफल हुन बाँकी रहेको बताए।

Leave a Reply

Your email address will not be published.