अध्यक्षका प्रत्यासी विमल र संजयले प्यानल बनाएर चुनाव लड्ने

Bimal Vs Sanjay

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशन आज हुँदैछ। पाटन क्याम्पसको सभाहलमा हुने अधिवेशनका लागि यसअघि नै दुई जनाले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन्। जसअनुसार हालका सचिव विमल चौधरी र सदस्य संजय चौधरीले उम्मेदवारी घोषणा गरेका छन्।

दुबै उम्मेदवारले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा भाग लिने बताएका छन्। संजय चौधरीले प्यानलको घोषणासमेत गरेका छन्। उनको प्यानलबाट उपाध्यक्षमा सुनिता थनेत (नवलपरासी), सचिवमा रोविन चौधरी (बारा), सहसचिवमा सन्तोष थारु (बर्दिया) र कोषाध्यक्षमा सुशीला चौधरी (बारा)ले उम्मदवारी दिनेछन्।

यता विमल चौधरीले पनि उपाध्यक्ष पदका लागि सुनित थनेतलाई अगाडि सार्ने बताएका छन्। विमलले सचिवमा सुमन चौधरी (बर्दिया), सहसचिवमा संजीव चौधरी (सप्तरी) र कोषाध्यक्षमा नीरा महतो (चितवत)को नाम अघि सारेका छन्।

राजधानीका विभिन्न कलेजबाट प्रतिनिधिहरु सहभागी हुने बताइएको छ। जसअनुसार प्रत्येक कलेजबाट तीन जना प्रतिनिधि र दुई जना प्रर्यवेक्षक रहनेछ। तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य हुनुपर्ने आयोजकले बताएको छ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय आयोजन आयोगका सदस्य डा. कृपाप्रसा विन्दु रहनेछन्।

Leave a Reply

Your email address will not be published.