थारु साहित्यिक मेलाको तयारी तिव्र

वैशाख ३ र ४ गते  दाङको घोराहीमा हुन गइरहेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’को तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ। ‘मातृ भाषालाई माया गरौं, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं ‘ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिदै छ। थारु भाषा तथा साहित्यक मञ्च, हर्चाली समुहको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक लगायत संघसस्थाको सहआयोजनामा मेलाको आयोजना गरिँदै छ।

यसैबीच मेलाको तयारीको विषयम मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक माधव चौधरीको अध्यक्षतामा शुक्रबार घोराहीमा रहेको सम्पर्क कार्यालयमाबैठक बसेको छ। बैठकमा मेलाको तयारीको लागि गठन गरिएको विभिन्न उपसितिका संयोजकहरुसंग तयारीको विषयमा छलफल गरेको हो।

बैठकमा अर्थ तथा कार्यक्रम संयोजक केवि चौधरी, अतिथी सत्कार तथा आवास समितिका संयोजक लक्ष्मीमान चौधरी, अतिथी समन्वय तथा कार्यक्रमको अनुगमन संयोजक छविलाल कोपिला, प्रचारप्रसार समितिका संयोजक सन्तोष दहित, पुस्तक प्रदशनी तथा विक्रिवितरणका संयोजक लब्लीन क्यान्भास, स्वंयसेक समितिका संयोजक नविन चौधरी लगायतले आफ्नो समितिले गरिरहेको कार्यसम्पादनको बारेमा रिर्पोटिङ गरेका थिए।

दुई दिनसम्म चल्ने मेला मुख्य आकर्षणको रुपमा हालम्म प्रकाशनमा आएको थारु भाषाको विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदशनी रहने मुल अयोजक समितिका सदस्य एवं पचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारीदिनुभएको छ। त्यसैगरि मेलामा थारु लोक साहित्यक अवस्था, थारु मानक भाषाको लेखनको कार्यपत्र प्रस्तुति तथा थारु कविता गोष्ठी र सांस्कृतिक कार्यक्रम हुनेछ। मेलामा दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, काठमाण्डौ, कपिलबस्तु, नवलपरासी र रुपेन्देहीका थारु साहित्यकारहरुको उपस्थिति रहने प्रचार प्रसारका संयोजक दहितले जानकारी दिए।

Tharu Lit Festival

Leave a Reply

Your email address will not be published.