जनजाति महासंघले जनगणना जलायो

काठमाडौंऔ आदिवासी जनजाति महासङ्घले राष्ट्रिय जनगणना–२०६८ मा आफूहरुको सही गणना नभएको भन्दै आज थापाथलीस्थित केन्द्रीय तथ्याङ्क विभाग घेराउ गरेको छ। महासङ्घले नेपाल आदिवासी जनजाति महासङ्घमा सूचीकृत ५९ मध्ये १२ जातिको गणना नभएको भन्दै विरोध जनाएको हो। राष्ट्रिय जनगणना–२०६८ मा महासङ्ले पहिचानसहितको सङ्घीय प्रदेश निर्माणका मुद्दा कमजोर बनाउने नियतवश गणनामा तथ्याङ्क नसमेटिएको आरोपसमेत लगाएको छ। महासङ्घले विरोधस्वरुप गत मङ्सिर ११ गते सार्वजनिक राष्ट्रिय जनगणना–२०६८ को प्रतिवेदनको प्रतिलिपिसमेत जलाएका छन्।
महासङ्घका अध्यक्ष राजकुमार लेखीले राष्ट्रिय जनगणनाको तथ्याङ्कमा आफूहरुको जातिलाई नियतवश छुटाइएकाले त्यसको विरोधमा देशभर एक महिने विरोध कार्यक्रम सुरु गरिएको बताए। उनले आज काठमाडौँसहित १० जिल्लामा विरोध र प्रतिवेदन जलाइएको बताए।

महासङ्ले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको मागसहितको ज्ञापनपत्र आजै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्ललाई बुझाएको छ। विभागमा केहीबेरको धर्ना र नारावाजीपछि महासङ्घका महासचिव आङ्काजी शेर्पाको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो। रासस

Leave a Reply

Your email address will not be published.