आन्दोलन ‘प्रायोजित’ र ‘नक्कली समस्या’ : प्रधानमन्त्री

oliसत्ताको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसकेन्द्रित आन्दोलनलाई ‘प्रायोजित’ र मुलुकको राजनीतिको वास्तविक नभई ‘नक्कली समस्या’ भएको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा सुरू भएको पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले यस्तो टिप्पणी गरेका हुन्। संविधान बन्नुअघि नै नेपालले अघोषित नाकाबन्दी भोग्नुपरेको र राष्ट्रिय स्वाधीनताको जगमा वर्तमान सरकार बनेको र राष्ट्रियताको भावनालाई कति पनि विचलित हुन नदिनु सरकारको सफलता भएको १२ पेजको प्रतिवेदनमा उल्लेख छ।

छिमेकी भारत र चीनको भ्रमणबारे पनि प्रतिवेदनमा चर्चा गरिएको छ। एमालेका सचिव योगेश भट्टराईले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको, भारत र चीन भ्रमण सफल भएकोजस्ता विषय अध्यक्षले प्रतिवेदनमा उल्लेख गरेको बताए। सदस्यहरुले प्रतिवेदन अध्ययन गरेर बुधबारको बैठकमा सुझाव दिनेछन् ।

अध्यक्ष ओलीले विनाशकारी भूकम्पको पीडाबाट गुज्रिएका नेपालीलाई नाकाबन्दीको चपेटामा पुर्याएर मधेस आन्दोलनका नाममा थप धरासायी बनाइएको बताउँदै भनेका छन्- “नेपाल भारतवेष्टित होइन, भूपरिवेष्टित हो भन्ने कुरा स्थापित गर्न सरकार र पार्टी सक्षम भएको छ, यस आधारलाई अझ बलियो बनाउन पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै अघि बढ्न आवश्यक छ ।’

ध्यक्ष ओलीले वर्तमान सरकारले न दक्षिणतिर शिर झुकाएको न उत्तरतिर लम्पसार परेको भन्दै जनता राष्ट्र र लोकतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाभिमानको गौरवलाई उँचो बनाइएको उल्लेख गरेका छन्।

 

Leave a Reply

Your email address will not be published.