जोखनप्रसाद चौधरी, जसले दसक लगाएर बनाए एउटा दरबार [हेर्नुस् १४ तस्बिर]

Gobardiha Durbar 14 Photo by Madan Chaudhary

दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार अवस्थित छ। छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्छन्। दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन्। भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ। काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका।

Gobardiha Durbar 13 Photo by Madan Chaudhary

पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ। दरबार निर्माणको सुरुआत विसं १९४७ मा भएको थियो। भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो।

Gobardiha Durbar 09 Photo by Madan Chaudharyतत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुराम चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाएका हुन। दरबार वातावरण मैत्री छ। दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो। अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन्।

Gobardiha Durbar 01 Photo by Madan Chaudhary‘भवनको संरक्षण भएको छैन’, भवनमा बस्दै आएका प्रकाश चौधरीले भने। भवनको स्वरुप सिंह दरबारको जस्तै छ। संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ। अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा। देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन।

Gobardiha Durbar 02 Photo by Madan Chaudharyपारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहाससँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन। नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ। पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन।

Gobardiha Durbar 10 Photo by Madan Chaudharyमासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नाति प्रकाशले बताए। उनि अहिले सोही दरबारको दुई कोठा उपयोग गरी बस्दै आएका छन्। राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनले बताए।

Gobardiha Durbar 12 Photo by Madan Chaudharyदुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको चौधरीले बताए।

त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएको थियो।

Gobardiha Durbar 03 Photo by Madan Chaudharyराणा सरकारले लगाएको मुद्दा खेप्न राजधानी जानुपर्थ्यो त्यो बेला। अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै चर्चेर आएका छन्। दरबारका बाँकी कोठाको संरक्षण हुन सकेको छैन।

Gobardiha Durbar 08Photo by Madan Chaudharyहाल यो दरबारका कोठाहरुमा झार पलाउन थालेका छन्। धमिरोले काठ खान थालेको छ । देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा परशुराम चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन्। ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राजखान्दानको जस्तै संरचनाको दरबार बुबाले बनाएका थिए,’ तत्कालीन नेता परशुरामको भनाइ स्मरण गर्दै भतिजा प्रकाश चौधरीले भने।

Gobardiha Durbar 07 Photo by Madan Chaudharyअहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ।

Gobardiha Durbar 05 Photo by Madan Chaudharyभवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन्। काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन। तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ।

Gobardiha Durbar 06 Photo by Madan Chaudharyसिंहदरबारको झल्को यो दरबारमा देख्न सकिन्छ। कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन।

Gobardiha Durbar 04 Photo by Madan Chaudhary

Gobardiha Durbar 11 Photo by Madan Chaudhary

Leave a Reply

Your email address will not be published.