रेशम चौधरीको फूलबारी एफएम अझै सञ्चालनमा आएन, परिसरको रुखबिरुवा कटानी तीब्र

Fulbari-FM-Kailali-Tikapur

टीकापुर घटनामा आगजनी भएपछि बन्द रहेको फूलबारी एफएम ७ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन । घटनाको दोस्रो दिन भदौ ८ गते एफएममा आगजनी भएपछि रेडियो बन्द भएको थियो । रेडियो बन्द भएको लामो समय बित्दा पनि सञ्चालनको पहल नभएको हो ।

ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक गोविन्द रोश्याराले बानमा रेडियो सञ्चालनका लागि अनौपचारिक छलफल गरेको बताए । ‘आगजनीबाट बन्द भएको रेडियो पुन: सञ्चालनको दायित्व राज्यको पनि हो तर राज्यले कुनै चासो दिएको छैन,’ उनले भने ।

पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले एफएम सञ्चालन गर्नका लागि सम्बन्धित व्यक्ति आएमा महासंघले पहल गर्ने बताए । ‘अहिलेसम्म कोही आएका छैनन् । सञ्चालनका लागि आए सम्बन्धित निकायलाई सञ्चालनको वातावरण बनाउन दबाब दिने काम महासंघले गर्छ,’ उनले भने ।

टीकापुर घटनाका योजनाकार भन्दै एफएम सञ्चालक रेशमलाल चौधरीमाथि कर्तव्य ज्यान मुद्दा लगाइएको छ । चौधरी एफएम सञ्चालक रहे पनि उनले रेडियो भाडामा सञ्चालन गर्न दिएका थिए । आगजनीपछि एफएममा पूर्ण रूपमा क्षति पुगेको थियो । एफएम परिसरमा रहेका रूखबिरुवा पनि काटेर लग्ने क्रम जारी छ । सुरक्षा छैन । टीकापुरको यो पहिलो रेडियो हो ।

Leave a Reply

Your email address will not be published.