एसएलसी दिँदादिँदै एक परीक्षार्थीको मृत्यु

जिल्लाको महेन्द्रोदय उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी दिँदै गरेकी एक परीक्षार्थीको मृत्यु भएको छ। शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राति मृत्यु भएको हो।

पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको मृत्यु भएको स्थानीय शिक्षक दीपक पौडेलले बताए। सामान्य ज्वरो आउँदाआउँदै हिजो औषधि खाएर अङ्ग्रेजी विषयको परीक्षा दिएकी थिइन्।

टाइफाइडको समस्याले बतासे-४ भङ्डारेघाट निवासी ती छात्राको मृत्यु भएको जानकारी आएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.